अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ल्होसार-ल्होछारले बन्धुत्वको भावना मजबुत: सभापति देउवा

ल्होसार-ल्होछारले बन्धुत्वको भावना मजबुत: सभापति देउवा


काठमाडौ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिको महान पर्व “तमु ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिनुभएको छ।

तमु जातिको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजवुत बनाएको उहाँले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। 

तमु ल्होसाररल्होछारले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिकरूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ।