अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ: प्रधानमन्त्री ओली

संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। 

तमु ल्होसार सम्झँदा गुरुङ समुदायको संस्कृति सम्झना आउने ओलीले उल्लेख गर्नुभएको छ। ‘संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ। 

सबैलाई तमु ल्होसारको शुभकामना दिँदै ओलीले लेख्नु भएको छ, ‘तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी,  छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झल्झली सम्झना आउँछ, सबैलाई तमु ल्होसारको शुभकामना।’