अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

५ एजेन्डामाथि छलफल गर्न एमाले कोशी प्रदेश सम्पर्क कमिटीको पुस २० गते बैठक बस्दै

५ एजेन्डामाथि छलफल गर्न एमाले कोशी प्रदेश सम्पर्क कमिटीको पुस २० गते बैठक बस्दै


काठमाडौं-नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीको आठौं पूर्ण बैठक २०८१ पुस २० गते शनिवार बस्ने भएको छ।

सम्पर्क कमिटीको आठौं पूर्ण बैठक एमाले कोशी प्रदेश सम्पर्क कमिटीको सभाहलमा २०८१ पुस २० गते शनिवार बिहान ८ बजेबाट शुरु हुने एमाले कोशी प्रदेश सम्पर्क कमिटीका उपसचिव एवं प्रचार-प्रसार तथा प्रकाशन विभागका संयोजक राजेन्द्र गुरुङले जानकारी दिनुभयो।

उपसचिव गुरुङले बैठकमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दै भन्नुभएको छ, ‘नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीको आठौं पूर्ण बैठक निम्न मिति, समय र स्थानमा बस्ने भएकोले उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु !’

कमिटीको आठौं पूर्ण बैठकमा पाँच एजेन्डामाथि छलफल गरी निर्णय पारित गर्ने उपसचिव गुरुङले बताउनु भयो। बैठकमा समसामयिक राजनीतिक, प्रशिक्षण दर्पण प्रकाशन,  प्रशिक्षण, आलोचना-आत्मालोचना बारे छलफल हुने उहाँले बताउनु भयो।

उहाँले भन्नुभयो, ‘राजनीतिक भ्रमण,  प्रशिक्षण दर्पण प्रकाशन,  प्रशिक्षण, आलोचना-आत्मालोचना र विविध विषयमा छलफल गरी निर्णय पारित गर्ने छौं।’

एमाले कोशी प्रदेश सम्पर्क कमिटीको अध्यक्ष नवराज घिमिरे हुनुहुन्छ। यस्तै कमिटीको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा सुरज काफ्ले, उपसचिवमा राजेन्द्र गुरुङ र शान्तिराम न्यौपाने हुनुहुन्छ। १४ वटा जिल्ला सम्पर्क मञ्चका अध्यक्षसहित कोशी प्रदेश सम्पर्क कमिटीमा १०१ जना सदस्य रहेका छन्।

एमाले कोशी प्रदेश सम्पर्क कमिटी अन्तरगत १४ वटा जिल्ला सम्पर्क मञ्च रहेको छ। नेकाप एमाले मोरङ-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष तिर्थराज घिमिरे हुनुहुन्छ। यसैगरी नेकाप एमाले ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बिनोद राई हुनुहुन्छ। त्यस्तै, नेकाप एमाले पाँचथर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष दिनेश खतिवडा हुनुहुन्छ। यसैगरी नेकाप एमाले झापा-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष ध्यानबहादुर लिम्बू ललित हुनुहुन्छ। त्यसैगरी नेकाप एमाले सुनसरी-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष पेशल बास्तोला हुनुहुन्छ। यसैगरी नेकाप एमाले तेह्रथुम-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष अमृत सम्बाहाम्फे हुनुहुन्छ। एमाले खोटाङ-काठमाडौं सम्पर्क मञ्चका दिपक दाहाल हुनुहुन्छ। यसैगरी, एमाले धनकुटा-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष
महेन्द्र गिरि हुनुहुन्छ। त्यस्तै नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष खडक नारायण राई हुनुहुन्छ। यसैगरी नेकपा एमाले ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बिधा पौडेल हुनुहुन्छ। यसैगरी एमाले इलाम-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष ध्रुव प्रसाईं हुनुहुन्छ। यसैगरी एमाले सखुवासभा-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बासु पान्डे हुनुहुन्छ। यसैगरी एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रिता थापा हुनुहुन्छ। यसैगरी एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चका ईश्वर आचार्य हुनुहुन्छ।