अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मधेसका अधिकांश भूभागमा हुस्सु र कुहिरो

मधेसका अधिकांश भूभागमा हुस्सु र कुहिरो


काठमाडौं-हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार देशमा पश्चिमी वायुको  प्रभाव रहे पनि आज पानी पर्ने सम्भावना भने कतै देखिएको छैन।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनमा आगामी २४ घण्टाको मौसम विश्लेषण गर्दै भनिएको छ, ‘बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरो सम्भावना रहेकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’