अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरको रौतामाई-७ मुकुर्चीमा पहिलो पटक मिनी महोत्सव हुँदै

उदयपुरको रौतामाई-७ मुकुर्चीमा पहिलो पटक मिनी महोत्सव हुँदै


उदयपुर-उदयपुरको रौतामाई गाउँपालिका-७ मुकुर्चीमा पहिलो पटक आन्तरिक व्यापार तथा पर्यटन प्रवर्द्धनका लागि रौतामाई मिनी महोत्सव-२०८१ हुने भएको छ।

रौता स्पोर्टस क्लबको आयोजनामा २०८१ पुस १९ गतेदेखि माघ ४ गतेसम्म मुर्कुची बसपार्कमा मिनी महोत्सव गर्न लागेको हो।

रौतामाई गाउँपालिकाको आन्तरिक व्यापार तथा पर्यटनप्रवर्द्धन, कला, भाषा, धर्म संस्कृतिको संरक्षण तथा संबद्र्धन गर्ने उद्देश्यले २०८१ पुस १९ देखि माघ ४ गतेसम्म रौतामाई गाउँपालिका ७ स्थित मुकुर्ची बसपार्कमा मिनी महोत्सव गर्न लागेको रौता स्पोर्टस क्लबका अध्यक्ष हरि आले मगरले जानकारी दिनुभयो।

उदयपुर जिल्लाको मुर्कुची बजार चौथो व्यापारी केन्द्र भएता पनि पछिल्लो समयमा व्यापार शून्य अवस्था पुगेकाे अध्यक्ष मगरले बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘मुर्कुची बजार उदयपुर जिल्लाको चौथो व्यापारी केन्द्र भएता पनि पछिल्लो समयमा व्यापार शून्य अवस्थामा पुगेकाे छ। हिजोआज मुर्कुची बजार पनि छ र भन्ने अवस्था पुगेकाे हुनाले आन्तरिक व्यापार प्रवर्द्धनका लागि रौतामाई मिनी महोत्सव-२०८१ गर्न लागेको हाे।’

महोत्सवमा ज्योती मगर, प्रिति आले, फुलन्देको आमा, काउली बुढी, अस्मिता अधिकारी, डम्बर नेपाली, धिरज राई, बद्री पंगेनी, मुना मदन, कमल खत्री, विनोद दनुवार, एलिना चौहान, मिलन नेवार, जगल्टे, ताराबीर पाण्डे, दिपक लिम्बु, अशोक सिवा, पुजा केप्छाकी मगर, नन्दु गुरुङ लोकदोहरी गायीका गंगा गौतम आचार्य लगायतका कलाकारहरुको प्रस्तुती रहने अध्यक्ष आले मगरले बताउनुभयो ।

महोत्सवले स्थानीय कला, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ। महोत्सवको तयारी स्वरूप मुर्कुची बजार ध्वजापताकाले सजाइएको छ। आयोजकले महोत्सवमा सबैलाई सहभागी भई मनोरञ्जन लिन र स्थानीय उत्पादनहरूलाई समर्थन गर्न आग्रह गरेका छन्।