काठमाडौँ-सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै २०८१ साल पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।
सरकारले हरेक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण राष्ट्रिय दिवस मनाउने भएको छ। पुस १६ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। यस्तै, सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ। मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवामा हड्ताल निषेध गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ।
यसैगरी खाने पानी तथा सरसफाइ नियमावली २०८१ स्वीकृत गर्ने भएको छ।
यस्ता छन्, मन्त्रिपरिषदका निर्णयहरू
प्रतिक्रिया