पाल्पा-पाल्पामा भारतीय स्कार्पिओ दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
बुधबार साँझ सिद्धार्थ राजमार्ग हुँदै पोखराबाट बुटवलतर्फ जाँदै गरेको बीआर २२ बीडी २०२३ नम्बरको भारतीय नम्बर प्लेटको स्कार्पिओ बगनासकाली गाउँपालिका-३ आर्यभन्ज्याङ नजिक सडकबाट तल खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लका अनुसार घाइते सबै भारतीय नागरिक हुन्। उनीहरु सबैको लुम्बिनी मेडिकलमा उपचार गरिएको छ। ‘घाइते सबै खतरामुक्त छन्, धेरैजसो त डिस्चार्ज नै भैसके,’ मल्लले भन्नुभयो।
प्रतिक्रिया