अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँमा भूकम्पको धक्का महसूस

काठमाडौँमा भूकम्पको धक्का महसूस


काठमाडौँ-काठमाडौँ उपत्यकामा भर्खरै भूकम्प धक्काको महसूस गरिएको छ। बिहीबार १:२ मिनेट जाँदा भूकम्पको धक्का महसूस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प गएको पुष्टि गर्नुभयो। 

पछिल्लो समय पश्चिम नेपालतिर लगातार भूकम्प गइरहेको थियो। आज भने भूकम्पको महसूस काठमाडौँमा पनि भएको हो।

भूकम्पको धक्का काठमाडौँ उपत्यकालगायत काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा पनि महसुस गरिएको छ। भूकम्पका बारेमा विस्तृत विवरण आउन बाँकी छ।