अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने

कोशी प्रदेशले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने


विराटनगर-कोशी प्रदेश सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले संकटग्रस्त सहकारीको व्यवस्थापन समितिको गठन गर्ने र त्यसको काम कर्तव्य तथा अधिकार टुंग्याउने गरी निर्णय गरेको हो।

मन्त्रिपरिषदको बैठकको निर्णय बारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारीले सहकारी व्यवस्थापन सहितका १० वटा निर्णय गरेको जानकारी दिनुभयो।

मन्त्रिपरिषदको बैठकले खानेपानी तथा सरसाफाइ सम्बन्धमा व्यवस्था बनेको विधेयक सभामा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै कोशी प्रदेश वन ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक र कोशी प्रदेश वातावरण संरक्षण ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयक कोशी प्रदेश सभा सचिवालयमा विधेयकको रुपमा पेश गर्ने निर्णय गरेको छ।

पाथिभारा क्षेत्र विकास समिति, वृहत् बराह क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समिति गठन आदेश पहिलो संशोधन आदेश २०८१ लाई स्वीकृत गर्ने र कृषि सहकारी मन्त्रालयबाट प्राप्त भएको कृषि कर्जा व्याज अनुदान सम्बन्धि कार्यविधिलाई स्वीकृत गर्ने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिनुभयो।