काठमाडौं-नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र उपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी हुनुभएको छ। बैठक केहीबेर अघि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो। पुस २१ र २२ गते बस्ने केन्द्रीय समितिका एजेन्डा तय गर्न बैठक बसेको हो।
यसअघि पदाधिकारी बैठकमा सहभागी हुँदै आएका पुन आज स्थायी कमिटीको बैठकमा पनि सहभागी हुनुभएको हो।
पूर्वउपराष्ट्रपति पुन ‘पासाङ’ पुन राजनीतिमा सक्रिय हुने उदेश्यसहित माओवादी बैठकमा सहभागी हुन थालेका हुन भने महरा सुन तस्करीको आरोपमा गत वर्षकाे माघमा छोरा राहुल र आफूलाई पक्राउ गरिएपछि निष्क्रिय बनेका थिए।
तर, पुनलाई कुन पद दिने भन्ने बारे अझै औपचारिक निर्णय भने गरिसकेको छैन। आगामी केन्द्रीय समिति बैठकबाट त्यसबारे औपचारिक निर्णय हुनसक्ने नेताहरुले बताएका छन्।
पुनलाई उपाध्यक्ष बनाएर माओवादीमा सक्रिय गराउने अध्यक्ष प्रचण्डको तयारी छ। आइतबारबाट बस्ने केन्द्रीय कमिटीको बैठकले पुनलाई जिम्मेवारी दिने तयारी गरेको छ ।
प्रतिक्रिया