अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन एमाले सचिवालयबाट पारित

केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदन एमाले सचिवालयबाट पारित


काठमाडौँ-नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन सचिवालयबाट पारित भएको छ। पुस १८ गते बिहीबार बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित गरेको हो।

एमालेको केन्द्रीय समिति बैठक पुस २१ र २२ गते बस्दैछ। केन्द्रीय समिति बैठकका निम्ति पेस गर्नुपर्ने राजनीतिक प्रतिवेदनका मुख्य-मुख्य विषयमा बैठकमा छलफल भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिनुभयो।

सो प्रतिवेदनमाथि आवश्यक छलफल गरेर प्रतिवेदन पारित गरेको उहाँले बताउनु भयो। सचिवालयले पास गरेको प्रतिवेदन अध्यक्ष तथा प्रधानमन्त्री ओलीले केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय भएको उपमहासचिव ज्ञवालीले बताउनुभयो।

राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयको गम्भीर विवेचना गरिएको छ। यस्तै एमाले र कांग्रेसका बिचमा किन नयाँ सहकार्य गर्नुपर्‍यो भन्नेबारे पनि प्रतिवेदनमा विश्लेषण गरिएको उपमहासचिव ज्ञवालीको भनाइ छ। 

यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने भन्नेबारेमा पनि प्रतिवेदनमा उल्लेख गरिएको उपमहासचिव ज्ञवालीले बताउनु भयो ।