मुगु-मुगुमा भूकम्प गएको छ। आज बिहान मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा लुमा क्षेत्रमा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिनुभयो।
पछिल्ला केही दिनयता सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा लगातार जसो भूकम्प जाँदा स्थानीयहरू त्रसित बन्दै आएका छन् ।
हिजो दिउँसो १:०२ बजे सिन्धुपाल्चोकको मेलम्ची माझिटार केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो।
प्रतिक्रिया