काठमाडौं-वैदेशिक रोजगारी, अध्ययन तथा व्यवसाय गरेर स्वदेश फर्किएकाहरू संगठित नेकपा एमाले भ्रातृ संगठन फेडेरेसन नेपाल, उदयपुर जिल्ला कमिटीको दोस्रो अधिवेशन २०८१ पुस २० गते शनिवार गर्ने भएको छ।
कमिटीको दोस्रो अधिवेशन नेकपा एमाले उदयपुरको पार्टी कार्यालय, गाईघाटमा २०८१ पुस २० गते शनिवार गर्न लागेको रिटर्नी फेडेरेसन नेपाल उदयपुर कमिटीका अध्यक्ष महेश पौडेलले जानकारी दिनुभयो। अधिवेशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको उहाँले जानकारी गराउनु भयो।
अध्यक्ष पौडेलले अधिवेशनमा सहभागी भइ भव्य र सभ्य रुपमा सफल बनाइ दिनका लागि हार्दिक अनुरोध गर्नुभएको छ। अध्यक्ष पौडेलले हार्दिक अनुरोध गर्दै भन्नुभएको छ, ‘नेकपा एमालेको जनवर्गिय संगठन रिटर्नी फेडेरेसन नेपाल उदयपुरको दोस्रो जिल्ला अधिवेशन २०८१ पुस २० गते शनिवारका दिन नेकपा एमालेको पार्टी कार्यालय गाईघाटमा सम्पन्न गर्न गइरहेको हुनाले पार्टी कमिटीका सम्पूर्णलाई उपस्थितिका लागि अनुरोध गर्दछु। साथै अधिवेशनलाई सफल बनाई दिन हुनका लागि विनम्र अनुराेध गर्दछु । यसको साथसाथै आ-आफ्नो स्थानबाट रिटर्नी भएर बस्नुभएका सम्पुर्ण महानुभावहरुलाई खबर गरी जिल्ला अधिवेशन सफल पारिदिन जिल्ला कमिटिका पदाधिकारी र सदस्यहरु, पालिका कमिटीका कमरेडहरु, जनवर्गिय संगठनका कमरेडहर, वडा कमिटी लगायतका कमरेडहरुलाई आवश्यक सहयोग गरिदिन हुनका लागि बिनम्र अनुरोध गर्दछु।’
प्रतिक्रिया