काठमाडौं –प्रेस चौतारी नेपाल एशोसिएट प्रदेशका उपाध्यक्ष श्यामसुन्दर पुडासैनीको निधन भएको छ। शुक्रबार साँझ नियमित काम सकेर कोठा पुगेपछि गम्भीर बिरामी भएका पुडासैनीलाई हेल्पिङ हेन्ड्स अस्पतालले मृत घोषित गरेको हो।
पुडासैनि निकट स्रोतका अनुसार केही दिनयता उनी बिरामी थिए। अस्पतालमा नियमित जाँच गर्दै कार्यालय जाने आउने गरेका पुडासैनी शुक्रबार राति भने कोठा पुग्नासाथ ढलेका थिए। छिमेकीले खबर गरेर अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेको थियो।
‘केही दिनयता उहाँ बिरामी अवस्थाका पुडासैनी हस्पिटलमा चेक अप, फलोअपसँगै अफिस पनि आउनेजाने गरेका थिए। हिजो साँझ पनि पनि नियमित ड्युटी सकेर ८ बजे अफिसबाट राती १० बजेतिर कोठा पुग्नासाथ ढलेका थिए। छिमेकीले खबर गरेपछि लगत्तै हेल्पिङ ह्यान्ड्स हस्पिटल पुर्याएपछि डाक्टरले मृत घोषणा गरेका हुन् ।
पुडासैनी पछिल्लो समय नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत थिए। उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्णमा काम गरेका थिए। पुडासैनीले केही जोखिमपूर्ण रिपोर्टङसमेत गरेका थिए।






प्रतिक्रिया