काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज सल्लेरी -सुर्के सडक उद्धघाटन गर्न सोलुखुम्बु जाँदैहुनुहुन्छ ।
अहिले विहान साढे १० बजे प्रधानमन्त्री ओली त्यसतर्फ जाने तयारी रहेको उहाँको सचिवालयले जनाएको छ । सल्लेरीबाट करिब ६४ किलोमिटर लामो यो सडकले स्थलमार्गबट लुक्लालाई जोड्छ । सडक निर्माण भएसँगै पर्यटकलाई लुक्ला पुग्न हवाइ यात्राको विकल्पको रुपमा स्थल मार्ग तयार भएको छ । प्रधानमन्त्री ओलीले आज खुम्बु पासाङ ल्याहामु वडा नं २ सुर्केमा सडकको उद्ध्घाटन गर्नुहुनेछ । सुर्केबाट करिब एक घण्टाको पैदल दुरीमा लुक्ला पुग्न सकिन्छ । सल्लेरीबाट विभिन्न स्थानीय तह पार गर्दै खुम्बु पासाङ ल्याहामु पुग्ने यस गाउँपालिका खण्डको नाम निम दोर्जे पर्यटन सडक नामाकरण गरिएको नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि जाँदै हुनुहुन्छ । रक्षा मन्त्री मानवीर राई हिजै सोलुखुम्बु पुगिसक्नु भएको छ ।
प्रतिक्रिया