अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँको न्यूनतम तापक्रम बढ्यो

काठमाडौँको न्यूनतम तापक्रम बढ्यो


काठमाडौँ- दिउँसो तातो महसुस भए पनि काठमाडौँमा बिहान र बेलुका प्रायः चिसो नै छ। शनिबार भन्दा आज केही तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस मापन भएको छ। शनिबार ५.९ डिग्री सेल्सियस मापन भएको थियो।

राति काठमाडौँको आकाशमा बादल लागेको हुनाले न्यूनतम तापक्रम थोरै बढेको मौसमविद् महर्जनले जानकारी दिनुभयो। न्यूनतम तापक्रम बढेकाले काठमाडौँमा आज तुलनात्मक रूपमा बिहान कम चिसो महसुस भएको छ। २०८१ मङ्सिर २९ गते काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो।