अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष प्रचण्डसँग भेट गरेको हुँ, तर एमाले छोडेको छैन: गन्जु शेर्पा

अध्यक्ष प्रचण्डसँग भेट गरेको हुँ, तर एमाले छोडेको छैन: गन्जु शेर्पा


काठमाडौं-२०८१ वैशाख ३० गते नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएका उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका नेता गन्जु शेर्पाले आफूले एमाले नछोडेको बताउनु भएको छ।

लिम्चुङबुङ गाउँपालिकाको विकास र गणतन्त्र रेडियोका बारेमा कुरा गर्नका निम्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग माओवादी पार्टी कार्यालय, पेरिसडाँडा पुगेर भेट गरेको तर आफू माओवादी केन्द्रमा नफर्केको नेता शेर्पाले बताउनुभयो।

नेता शेर्पाले भन्नुभयो, ‘लिम्चुङबुङ गाउँपालिकाको विकास र गणतन्त्र रेडियोका बारेमा कुरा गर्नका निम्ति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लिम्चुङबुङ गाउँपालिका जनप्रतिनिधि, स्थानीय नेता तथा बुद्धिजीवीहरु साथै युवाहरु माओवादी पार्टी कार्यालय, पेरिसडाँडा पुगेर भेट गरेका हौं। तर माओवादीमा पुनः फर्नने बारेम केही कुरै भएन। मैले एमाले पार्टी छाेडेकाे छैन। म एमाले पार्टीमा नै छु, माओवादी केन्द्रमा फर्केको गलत हल्ला हो। यो मिथ्या र भ्रामक प्रचार पछि नलाग्न आग्रह गर्दछु।’

नेता शेर्पाले आफूले माओवादी केन्द्रका अध्यक्षसँग भेटमा आफूलाई खादा लगाएर सम्मान गरेको तर आफू माओवादीमा नफर्केको स्पष्ट पार्नुभयो।

नेता शेर्पाले माओवादी केन्द्रमा प्रवेश गरेको भन्ने खबर भ्रामक र झुटो भएको पनि बताउनुभयो। नेकपा एमालेमै रहेर पार्टीलाई बलियो र जनमुखी बनाउन अझै सशक्त ढङ्गले लाग्ने प्रतिबद्धता नेता गन्जु शेर्पाले बताउनुभयो। उहाँले मेरो राजनीतिलाई धमिलो बनाउन केही मानिसहरु गलत र झुट्टा कुरा सामाजिक सञ्जालमा हालेको बताउनुभयाो।

प्रतिक्रियावादी शक्तिहरु निर्दयी र अमानवीय रुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको नेकपा एमालेका एक नेताले टिप्पणी गर्नुभयो। उहाँले नेकपा एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरु लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गर्नुभयो।

गत वैशाश ३० गते लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ३, नागी बाराहास्थित नेकपा माओवादी केन्द्रका राष्ट्रिय शेर्पा मुक्ति मोर्चाको केन्द्रीय सदस्य गन्जु शेर्पासहित २७ र नेपाली कांग्रेसका १४ गरी ४१ जना नेता-कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो।

नेता शेर्पाको नेतृत्वमा एमाले प्रवेश गर्नुभएका ४१ जना नेता-कार्यकर्ताहरुलाई नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व शहरी राज्यमन्त्री मन्जु चौधरी, नेकपा एमालेका केन्द्रीय सदस्य अम्बिका थापा, एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य तथा उदयपुर क्षेत्र-२ का प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझी, एमाले कोशी प्रदेश कमिटिका सदस्य देवराज राई, एमाले उदयपुर जिल्ला कमिटीका अध्यक्ष भागवत राउतले अविर र खादा लगाएर स्वागत गर्नुभएको थियो।

उदयपुर जिल्लामा दुई वटा निर्वाचन क्षेत्र छ भने चार गाउँपालिका र चार नगरपालिका रहेको छ। चार नगरपालिकामध्ये क्षेत्र-२ मा कटारी नगरपालिका पर्दछ भने रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका, उदयपुरगढी पालिका र लिम्चुङबुङ गाउँपालिका रहेको छ।