अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सर्वेन्द्रले एमाले छाडेपछि नेता गोकुलकाे व्यंग्य: खाएको थालमा चुठ्नु राम्रो होइन

सर्वेन्द्रले एमाले छाडेपछि नेता गोकुलकाे व्यंग्य: खाएको थालमा चुठ्नु राम्रो होइन


काठमाडौं-पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले छोडेको घोषणा गरेपछि उहाँप्रति एमाले नेता गोकुल बास्कोटाले कटाक्ष गर्नुभएको छ।

नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुक मार्फत सर्वेन्द्र खनालले एमाले छोडेको घोषणा गरेपछि सो कटाक्ष गर्नुभएको हो।

नेता बास्कोटाले पार्टी छाड्नेहरूप्रति व्यंग्य गर्दै खाएको थालमा चुठ्नु राम्रो नभएको टिप्पणी गर्नुभएको छ। झन् गएपछि सराप्ने संस्कार वाहियात भएको उहाँको भनाइ छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो।’

नेता बास्कोटाले मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, सङ्कट, त्याग र सङ्घर्षको समयमा हुनेसमेत बताउनु भएको छ। उहाँ भन्नुहुन्छ, ‘मान्छेको वास्तविक परिक्षण सजिलो, स्वार्थपुर्ति र पदीय महत्वकांक्षामा होइन, सङकट, त्याग र सङघर्षको समयमा हुन्छ। आफ्नै लागि आउनेहरु आए सकेजति लाभ लिए र गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यु चोली लगाएर बढाए।’

आज बिहानमात्र नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले आज बिहान फेसबुकबाट एमाले छाडेको घोषणा गर्नुभएको थियो।