अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजावादी समूहले अराजकता बढाइरहेको छ: प्रधानमन्त्री ओली

राजावादी समूहले अराजकता बढाइरहेको छ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले केन्द्रीय कमिटिको २०८१ पुस २१ गतेबाट सुरु बैठकमा राजावादीले अराजकतालाई बढाइरहेको बताउनु भएको छ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पछिल्लो समय पूर्व राजावादी समूह या व्यक्तिहरू पनि अराजकतालाई बढावा दिन सक्रिय रहेको उल्लेख गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ, ‘२४० वर्षे शाहवंशीय शासनकाल, त्यस अवधिमा मुलुकले ब्यहोर्नु परेको दुर्दशा र लोकतन्त्र खोसिएको पीडादायी इतिहासमाथि पर्दा हाल्दै यतिबेला उनीहरू १६ वर्ष अगाडि मात्रै स्थापित भएको नवोदित गणतन्त्रमाथि हिलो छ्याप्न र जनतामा निराशा फैलाउन उद्दत देखिन्छन् । भिन्नभिन्न बाटोमा हिँडिरहेका अराजकता र अस्थिरताका संवाहकहरूलाई एक ठाउँमा उभ्याउने र अराजकताको ‘परीक्षण’ गर्न विभिन्न शक्तिकेन्द्रहरू प्रयत्नशील छन्।’