अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा गुटबन्दी गरी भाँडभैलो मच्चाउने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री ओली

एमालेमा गुटबन्दी गरी भाँडभैलो मच्चाउने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य नहुने बताउनुभएको छ।

आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो नबनाउने बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नभयो, ‘पार्टीभित्र गुटबन्दी र अराजकता अन्त्य गर्नैपर्छ। लोकतन्त्रका नाममा पार्टीभित्र गुटबन्दी गरेर भाँडभैलो मच्चाउने कार्यले पार्टीलाई बलियो बनाउँदैन। बहकावमा लागेर होइन, एउटै नीतिगत लयमा पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर हामी अगाडि बढ्न सक्नुपर्छ।’

प्रधानमन्त्री ओलीले एमाले केन्द्रीय  कमिटी बैठकमा ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पनि पेस गर्नुभएको छ। एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले तीन/तीन मिनेट धारणा राख्न पाउनु हुने छ।

बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह पनि गर्नुभयो। ‘पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नु परेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ। उहाँले विरोधीहरूले लगाएका आरोपको तथ्य र प्रमाणका आधारमा खण्डन गर्न पनि निर्देशन दिनुभएको छ।

‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन। चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो । विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो।