अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीद्वारा ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमा पेस (पूर्णपाठ)

एमाले केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीद्वारा ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमा पेस (पूर्णपाठ)


काठमाडौँ-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय समिति बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ।

एमाले पार्टी कार्यालय च्यासलमा आइतबारदेखि सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा प्रधानमन्त्री एवम् ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले ३२ सीटको जादु भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेसको नयाँ राजनीतिक कोर्षमा जानुपरेको प्रष्ट पार्नुभएको छ।

केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा एमाले अध्यक्ष समेत रहेका अध्यक्ष प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले एमालेसँगको सहकार्यबाट प्रधानमत्री भएपछि फेरि धोका दिएको स्मरण गराउनु भएको भयो।

प्रधानमन्त्री ओलीले सत्ताबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्र लगायतका दलले नेपाली कांग्रेस र एमालेबीचको सहकार्यविरुद्ध मिथ्या संकथन निर्माणको प्रयास गरिहेको आरोप लगाउनु भयो।

‘सत्ताबाट बाहिरिएसँगै माओवादी केन्द्रलगायत केही दलले यस परिवर्तनका विरुद्ध एउटा मिथ्या संकथन निर्माणको प्रयास गरिरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘आफूहरूले ठूलाठूला भ्रष्टाचारका फाइल खोल्न थालेपछि अत्तालिएका दलहरू रातारात मिल्न पुगेको, यस समीकरणले आफूहरूले सुरु गरेको सुशासनको अभियानलाई उल्ट्याउन खोजेको,’ र ‘एमाले र नेपाली कांग्रेसले संविधान संशोधनका नाममा संघीयता, समावेशी प्रतिनिधित्व र समानुपातिक निर्वाचन प्रणालीजस्ता उपलब्धिहरू खोस्न खोजिरहेको’ भ्रामक प्रचार गर्न खोजिरहेका छन्।’

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ