अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिवि कार्यकारी परिषद्‍मा ४ जना सदस्य नियुक्त

त्रिवि कार्यकारी परिषद्‍मा ४ जना सदस्य नियुक्त


काठमाडौँ-त्रिभुवन विश्वविद्यालय (त्रिवि)काे कार्यकारी परिषद् सदस्य पदमा ४ जना नियुक्त भएका छन्।

उपकुलपति प्राडा केशरजंग बरालले ५ वटा संकायको तर्फबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा शंकर खनाल र ४ वटा संकायको तर्फबाट मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्राडा दुविनन्द ढकाललाई सदस्य नियुक्त गरेका हुन्। 

त्यस्तै २ जना प्रोफेसरहरूको तर्फबाट प्राडा लालु प्रसाद र डाक्टर जगत माेहन श्रेष्ठ नियुक्त भएका छन् । पुस १२ गतेदेखि २ वर्षे कार्यकाल सकिएपछि सदस्य पद रिक्त थियो।

परिषद्‍मा  उपकुलपति, रेक्टर र रजिस्ट्रारसहित ७ सदस्य रहने व्यवस्था छ ।