अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु

एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु


काठमाडौं-हिजो देखि सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं बैठक सुरु भएको छ। बैठक केही समय अघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो। आजको बैठकमा उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्नेछन्। त्यसका लागि प्रत्येक केन्द्रीय सदस्यलाई ३ मिनेटको समय दिइएको छ। 

आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहनेछ। हिजो सुदुरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका केही केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन्। हिजोको बैठकमा २७ जना केन्द्रीय सदस्यहरुले पार्टी सुदृढिकरण,पार्टीको भूगोलको अवस्था, कार्यकर्ताको चाहना र नेतृत्वको कार्यशैलीका बारेमा धारणा राखेका थिए।

आजको बैठकमा लुम्बिनीका बाँकी केन्द्रीय सदस्य,गण्डकी,बागमती,मधेस र कोशी प्रदेशका केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्नेछन् । केन्द्रीय सदस्यहरुले धारणा राखेपछि महासचिव शंकर पोखरेल र प्रधानन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुहुनेछ । बैठकले अध्यक्ष ओलीको प्रतिवेदन सर्वसम्मतीमा पारित गर्ने तयारी गरेको छ । इच्छुक केन्द्रीय सदस्यहरुलाई बढीमा तीन मिनेट धारणा राख्न समय दिइएको छ । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुको संख्या धेरै भएमा बैठक भोलीसम्म लम्बिने सम्भावना रहेको नेताहरुले बताएका छन् ।