अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छः गृहमन्त्री लेखक

राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छः गृहमन्त्री लेखक


काठमाडौँ-गृहमन्त्री रमेश लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ। आफ्नो भूमिको सुरक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसनिम्ति सरकार संवेदनशील भएर लागेको बताउनुभयो।

राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहाँले भारतीय नागरिकले कञ्चनपुरको शुल्लाफाँटाको जग्गामा खेतीपाती गरेको विषयलाई कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारले प्रक्रिया प्रारम्भ गरिसकेको जानकारी दिनुभयो।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘कञ्चनपुरको शुल्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने हाम्रो भूमि भारतीय नागरिकले भोगचलन गरिरहेको अवस्था छ। यसबारे सरकारलाई जानकारी छ, यसप्रति सरकारको गम्भीर ध्यानार्कषण भएको छ । समस्या समाधान गर्न कूटनीतिक छलफल पनि गरेका छौँ।’