काठमाडौं-हिजोदेखि सुरू भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।
एमाले केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको ४७ पृष्ठको राजनीतिक प्रतिवेदन र समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित रहेर धारणा राखिरहनु भएको छ।
हिजोको बैठकमा २७ जना केन्द्रीय सदस्यहरुले पार्टी सुदृढिकरण, पार्टीको भूगोलको अवस्था, कार्यकर्ताको चाहना र नेतृत्वको कार्यशैलीका बारेमा धारणा राखेका थिए। आज (सोमबार) ६५ जनाले धारणा राखेका छन्। केन्द्रीय कमिटी बैठक मंगलबारसम्म चल्ने एमालेले जनाएको छ।
त्यस्तै बैठकमा राजनीतिक प्रतिवेदनमाथि स्थायी र पोलिटब्यूरोका गरी बोल्न चाहने ५२ जनाले बोल्न बाँकी रहेको बताइएको छ।
प्रतिक्रिया