अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसको आवश्यकता र औचित्य दुवै सकियो: गोविन्दराम चेपाङ

नेकपा एसको आवश्यकता र औचित्य दुवै सकियो: गोविन्दराम चेपाङ


काठमाडौं-नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ आफ्नो पुरानै घर नेकपा एमालेमा फर्कनुभएको छ।

एमाले केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटी आठौं बैठकमा पुगेर माधव नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीको आवश्यकता र औचित्य दुवै सकिसकेकाे नेता चेपाङले बताउनु भयो।

 नेता चेपाङले भन्नुभयो, ‘नेकपा एस पार्टीको कुनै मूलभूत सिद्दान्त छैन। भविष्य छैन। एमालेलाई कमजोर बनाउने गतिविधिमा मात्रै संलग्न छ। नेकपा एस आफैमा पार्टी होइन, सबै विगतमा एमालेको मतदाता छन्। अहिले त्यसको ‘त्यो पार्टी आफैमा पार्टी होइन सबै विगतमा एमालेको मतदाता छन्। अहिले त्यसको आवश्यकता र औचित्य दुवै सकिसकेको छ। नेकपा एसको न विगत थियो, न भविष्य छ।’

नेकपा एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज चेपाङलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ।

मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुनुहुन्छ। नेता चेपाङले पार्टी प्रवेससँगै अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव शंकर पोखरेलका लागि चेपाङ समुदायले प्रयोग गर्ने जाबी (वनस्पतिबाट निर्मित एकप्रकारको झोला) उपमहार समेत दिनुभएको छ। नेकपा एसमा लागेर ठूलो गल्ती भएको महसुससहित पुरानो घरमा फिर्ता भएको उहाँको भनाई छ।