काठमाडौं-माघ १ गतेदेखि हुने प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुदुरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताको सोमबार खेल तालिका सार्वजनिक गरिएको हो। प्रतियोगितामा ७ प्रदेशसहित दुई विभागीय त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी बल (एपिएफ) सहभागिता जनाएका छन्।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । ग्रुप १ मा लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपिएफ छन् । ग्रुप २ मा कोशी, बागमती, मधेश प्रदेश र आर्मी छन् । पहिलो खेल माघ १ गते सुदुरपश्चिम र गण्डकी प्रदेशबिच हुनेछ ।
प्रतिक्रिया