अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


काठमाडौं-नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुस २१ गतेदेखि सुरु भएको बैठक मंगलवार पनि बस्ने एमालेले जनाएको छ।

बिहान ११ बजेबाट सुरु हुने बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। सोमबार केही सदस्यले धारणा राख्न बाँकी भएकोले आज पनि बैठक बस्न लागेको हो ।

आइतबार बैठककाे पहिलाे दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र  महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे। बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि अध्यक्ष ओलीले जवाफ दिनुहुने कार्यक्रम छ।

आजै बैठक समापन गर्ने एमालेको तयारी छ ।