काठमाडौं-चीनमा आज (मंगलबार) बिहान गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। सरकारी सञ्चारसंस्था सिन्हवाका अनुसार ६२ जना घाइते भएका छन्। सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा स्थानीय समयानुसार मंगलबार बिहान ९ बजेर ५ मिनेटमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको थियो।
भूकम्पले घरहरु भत्किएका छन्। भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पठाइसकिएको छ। एक हजार पाँच सय बढी उद्धारकर्मी खटाइएको छ । अहिले पनि डिङ्ग्रीमा भूकम्पको पराकम्प गइरहेको बताइएको छ।
भूकम्पको धक्का नेपालसहितका देशहरुमा गरिएको थियो । अहिलेसम्म चीनबाहेक अन्य देशहरूमा मानविय क्षति भएको जानकारी आइसकेको छैन।
राजधानी काठमाडौँसहित देशभर नै धक्का महसुस गरिएको थियो । तर पूर्वी नेपालका संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ्ग, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, इलाममा भूकम्पको कडा धक्का महसुस भयो। यसको धक्का नेपालसँगै भारत, बंगलादेश र भुटानमा पनि गरिएको थियो।
प्रतिक्रिया