काठमाडौं-नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा २०८१ पुस २१ गते आइतवारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएको हो।
आइतबार बैठककाे पहिलाे दिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे।
बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिए लगत्तै अध्यक्ष ओलीले बैठकको समापन सम्बोधन गर्नुभएको छ।
प्रतिक्रिया