काठमाडौँ-नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा २०८१ पुस २१ गते आइतबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र एमालेका महासचिव शंकर पोखरेलेको सांगठानिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम मंगलबार सकिएको हो।
बैठकमा १५७ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखेका थिए। केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि अध्यक्ष ओलीले सदस्यहरूले उठाएका प्रश्नको जवाफसहित बैठकको समापन गर्दै हुनुहुन्छ । अहिले अध्यक्ष ओलीले बैठकमा सम्बोधन गरिरहनुभएको छ।
प्रतिवेदनमाथि बोल्न बोल्न नेताहरुलाई तीन तीन मिनेट समय छुट्याइएको थियो। ओलीको सम्बोधनपछि बैठक आगामी योजनाबारे निर्णय गरेर बैठक समापन हुनेछ।
आगामी माघदेखि तीन महीने वडा केन्द्रित कार्यक्रम गर्ने कार्ययोजना पारित गरेर बैठक सक्ने एमालेको तयारी छ।
प्रतिक्रिया