काठमामाडौं-प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेविरुद्ध घेराबन्दी र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको दाबी गर्नुभएको छ।
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा २०८१ पुस २१ गते आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटीको आठौँ बैठकको समापन सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले उक्त दाबी गर्नुभएको हो।
एमाले पार्टीविरुद्ध घेराबन्दी र नेतृत्वमाथि चौतर्फी हमला भइरहेको एमाले अध्यक्ष समेत रहेका ओलीले बताउनु भयो। एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामबाट डराएर एमालेमाथि आन्तरिक र बाह्य चौतर्फी हमला भइरहेकाे प्रधानमन्त्री ओलीले बताउनुभयो। एमाले पार्टी देश, जनता, राष्ट्र र परिवर्तनको पक्षमा रहेको प्रधानमन्त्री ओलीले बताउनु भयो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीमाथि आन्तरिक र बाह्य चौतर्फी हमला भइरहेको छ। तर हामी निरन्तर अगाडि बढी नै रहनेछौँ। हाम्रो महान् कार्यको रिस–डाह गर्नेहरू अनेक लान्छना लगाएर एमालेलाई कमजोर बनाउन लागिरहेका छन्। आपराधिक कुरा गरेर, जनतालाई भ्रममा पारेर एमालेलाई आक्रमण गर्ने काम भएको छ। यी सबै षड्यन्त्र र आक्रमणका विरुद्ध सबै पार्टीपंक्ति एक ढिक्का भएर हामी लड्नेछौँ।’
प्रधानमन्त्री ओलीले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, लोकतन्त्र मुलुकको विकास र समृद्धि आफूहरूको प्रथम प्राथमिकताका विषय भएको पनि बताउनु भयो।
प्रतिक्रिया