अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा रमेश अधिकारी

निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा रमेश अधिकारी


दमक-निर्माण व्यवसायीहरुको छाता संगठन निर्माण व्यवसायी संघ झापा जिल्ला समितिको अध्यक्षमा दमकका व्यवसायी तथा सामाजिक व्यक्तित्व रमेश अधिकारी निर्वाचित हुनुभएको छ।

संघको १६औं अधिवेशन अन्तर्गत २०८१ पुस २३ गते मंगलबार विर्तामोडमा सम्पन्न निर्वाचनबाट मैनाचुली निर्माण सेवाका सञ्चालक दमक-५ निवासी अधिकारी १६३ मत ल्याएर अध्यक्षम निर्वाचित हुनुभएको हो।

अधिकारी दमक जेसीजका पूर्व अध्यक्ष तथा दमक उद्योग वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य पनि हुन्। अधिकारीसँग अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा रहेका प्रकाशकुमार सिंहले १४२ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।
अधिकारीलाई  दमक उद्योग वाणिज्य संघले निर्माण व्यवसायी संघको अध्यक्षका लागि साझा उम्मेदवारका रुपमा प्रस्तुत गर्दै उम्मेदवार प्रमोशन कार्यक्रम समेत गरेको थियो।

त्यसैगरी संघको सहकोषाध्यक्षमा शनिश्चरेका सुरेन्द्र धिमाल निर्वाचित हुनुभएको छ। उहाँले १०४ मत ल्याएर सो पदमा निर्वाचन जितेका हुन् उहाँका निकटतम प्रतिस्पर्धी केर्खाका एंगल गुरुङले ९९ मत ल्याउनु भएका छन् ।

संघको प्रथम उपाध्यक्षमा केदार गिरी, द्धितीय उपाध्यक्षमा राजकुमार राई,तृतीय उपाध्यक्षमा नयन बराल, महासचिवमा पुष्पराज निरौला , सचिवमा लोकेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा यज्ञनिधी भुर्तेल यसअघि निर्विरोध निर्वाचित भएका थिए ।