अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गैँडाकोटमा लोकतान्त्रिक यातायात व्यवसायी संगठनको महाधिवेशन सुरू, श्रममन्त्री महर्जनद्वारा उद्घाटन

गैँडाकोटमा लोकतान्त्रिक यातायात व्यवसायी संगठनको महाधिवेशन सुरू, श्रममन्त्री महर्जनद्वारा उद्घाटन


चितवन-नेकपा एमाले निकट यातायात व्यवसयाीहरुको संगठन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन तेस्रो महाधिवेशन नवलपुरको गैँडाकोटमा २०८१ बुधबार सुरु भएको छ।

बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले उद्घाटन गर्नुभएको महाधिवेशन बिहिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने आयोजकले जनाएको छ। नेपालको सार्वजनिक यातायात क्षेत्रमा करीब ७० प्रतिशत हिस्सा ओगट्ने यातायात व्यवसायीहरुको महाधिवेशनले नयाँ ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नुका साथै भद्रगोल बन्दै गइरहेको सार्वजनिक यातायात क्षेत्रलाई सुधारका लागि नीतिगत कार्ययोजना समेत पारित गर्ने संगठनका अध्यक्ष श्रीप्रसाद मैनालीले जानकारी गराउनुभयो।

नेपालको यातायात क्षेत्रमा निजी क्षेत्रबाट लगानी भएको रु.१० खर्ब रुपैया धरासायी भइरहेको, ११ लाख यातायात मजदुरहरु विस्थापित हुँदै गइरहेको र यात्रुहरुले समेत सुरक्षित तथा भरपर्दो यातायात सेवा नपाइरहेको अवस्थामा देशकै ठूलो यातायात व्यवसायीहरुको संगठनको महाधिवेशनले सरकारलाई सुझाव सहितको योजना समेत पास गर्ने महासचिव डेकनाथ गौतमले बताउनुभयो।

महाधिवेशनमा देशभरिबाट ४४५ प्रतिनिधिहरु सहभागीरहेको र २०८१ पुस २५ गते बिहिबारसम्म महाधिवेशन सञ्चालन हुने आयोजक तथा कार्यबाहक उपमहासचिव देविन श्रेष्ठले जानकारी गराउनुभयो। श्रेष्ठका अनुसार बुधबार उद्घाटन समारोह पछि साझसम्म सांगठानिक तथा राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुतपछि त्यसलाई पास गराएर बिहिबारलाई नेतृत्व चयनका काम मात्रै बाँकी रहने र बिहिबार समयमै महाधिवेशन समापन हुने बताउनुभयो।

महाधिवेशनमा नेपालका यातायात व्यवसयायी संघ संगठन र यातायात मजदुर सम्बध संघ संगठन तथा यातायात सम्बध महासंघहरुको समेत सहभागीता रहेको छ। अधिवेशनमा अग्रज यातायात व्यवसायीहरु चितवनका कृष्ण अधिकारी, धरानका सरोज श्रेष्ठ र कृष्णप्रासद सुवेदी र चितवनका रामप्रसाद सुवेदीलाई सम्मान गरिएको छ।