अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले युवा विद्यार्थी विशेष कमिटीको कार्यालय काठमाडौं-१० बुद्धनगरमा, नेता सुजिता शाक्यद्वारा उद्घाटन

एमाले युवा विद्यार्थी विशेष कमिटीको कार्यालय काठमाडौं-१० बुद्धनगरमा, नेता सुजिता शाक्यद्वारा उद्घाटन


काठमाडौं-नेकपा एमालेको गैर भौगोलिक कमिटी ‘युवा विद्यार्थी विशेष जिल्ला कमिटीको’ कार्यालय खोलिएको छ। काठमाडौं-१० बुद्धनगरस्थित बागमती करिडोरमा कार्यालय खोलिएको हो।

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा उपत्यका विशेष प्रदेश इञ्चार्ज सुजिता शाक्यले कार्यालयको उद्घाटन गर्नुभयो। नेता शाक्यले कमिटीले कार्यालय राखेर सांगठानिक काम व्यवस्थित गर्न लागेकोमा खुशी लागेको बताउनु भयो ।

एमालेका महासचिव शंकर पोखरेल संस्थापक सचिव रहेको यो कमिटी २०४८ सालदेखि निरन्तर क्रियाशील रहेको अध्यक्ष सुदर्शन शिवाकोटीले बताउनु भयो ।

प्रचार विभाग प्रमुख किरण देउजाका अनुसार स्थापनाकालदेखि २०७५ सम्म विद्यार्थी विशेष जिल्ला कमिटीको नाममा परिचित थियो । २०७५ मा एमाले-माओवादीको एकता पश्चात् ‘युवा’ थपेर ‘युवा विद्यार्थी विशेष’ नामकरण गरिएको उहाँले बताउनु भयो ।कार्यक्रममा प्रदेश अधक्ष प्रेम पराजुली, सचिव मिलन धरेललगायत उपस्थित थिए।