अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाका सभापति लामिछाने ८४ दिनपछि रिहा 

रास्वपाका सभापति लामिछाने ८४ दिनपछि रिहा 


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछाने ८४ दिनको हिरासत बसाइपछि रिहा हुनुभएको छ। जिल्ला अदालत कास्कीको आदेशपछि लामिछाने कास्की प्रहरीको हिरासतबाट मुक्त हुनुभएको हो।

बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा लामिछानेबाट रु.६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो।अदालतले तोकेको उक्त धरौटी बुझाएर लामिछाने बिहीबार साँझ रिहा भएको रास्वपा नेता सोविता गौतमले जानकारी दिनुभयो । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनको हिरासत बसाइपछि रिहा भएका हुन् ।

रास्वपा लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियाका लागि स्वयं उपस्थित हुने शर्तमा कास्की अदालतले रिहा गर्न आदेश दिएको हो। लामिछानेलाई पोखरास्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर प्रहरीले परिवारको जिम्मा लगाएको हो।