अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माओवादीको औचित्य सकियो भन्दै प्राडा शर्मा एमाले प्रवेश

माओवादीको औचित्य सकियो भन्दै प्राडा शर्मा एमाले प्रवेश


विराटनगर-नेकपा माओवादी केन्द्रको औचित्य सकियो भन्दै पुराना वाम बुद्धिजीवी प्राडा मेदिनीप्रसाद शर्मा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

विराटनगरमा बसेको एमाले कोशी प्रदेश कमिटीको पाँचौँ बैठकमै पुगेर प्राडा शर्मा एमाले प्रवेश गर्नुभएको हो। विराटनगरस्थित पोष्टग्राजुयट क्याम्पसका प्राध्यापक डाक्टर शर्मा इतिहास र साहित्यका अग्रज व्यक्तित्व हुनुहुन्छ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार रहनुभएका शर्माले माओवादी विघटनको सङ्घारमा रहेको जनाउँदै जनताको लोकप्रिय पार्टी एमाले प्रवेश गरेको बताउनु भयो।

‘पुष्पकमल दाहाल प्रचण्ड ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रको औचित्य सकिएको छ। माओवादी विघटनको सङ्घारमा छ, अब सवै नेकपा एमालेमा गोलबन्द भएर नेपाली कम्युनिष्ट आन्दोलन र जनताको हितमा काम गर्नुपर्छ भन्ने निश्कर्षमा पुगेको छु। माओवादी र अन्य कम्युनिष्ट पार्टीतिर रहेका सवै अब एमालेमै आउनु नै हितकर हुन्छ,’ प्राडा शर्माले भन्नुभयो।

प्राडा शर्मालाई नेकपा एमाले उपाध्यक्ष गुरु बराल, एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम,कोशीका अध्यक्ष घनश्याम खतिवडालगायतले पार्टीमा स्वागत गर्नुभयो ।