अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर  हुँदै 

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर  हुँदै 


काठमाडौं-काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै छन्।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले लामिछाने जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते ६५ लाख धरौटीमा रिहा हुनुभएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुग्नु भएको थियो।

अदालतको आदेशसँगै उहाँ ८४ दिनपछि हिरासतमुक्त हुनुभएको थियो।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ। ती जिल्लामा पनि उनीविरुद्ध मुद्दा दर्ताको प्रकिया अगाडि बढाइएको छ।