अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी ठगी प्रकरण

रवि लामिछाको बयान सुरु

रवि लामिछाको बयान सुरु


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान काठमाडौँ जिल्ला अदालतमा सुरु भएको छ। 

बयानका लागि रास्वपाका लामिछाने आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुनुभएको हो।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा जिल्ला अदालतमा लामिछाको मुद्दा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलास तोकिएको छ। 

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते धरौटीमा रिहा भएपछि पुस २६ गते साँझ काठमाडौँ आइपुग्नु भएको थियो।

स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

लामिछानेविरुद्ध रु.५ करोड ८ लाख बिगो दाबी गर्दै सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको पनि आरोप लागेको छ।