अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ: सभामुख घिमिरे

संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ: सभामुख घिमिरे


काठमाडौँ-सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुने बताउनु भएको छ।

आइतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुने बताउनु भएको हो। सभामुख घिमिरेले दलहरूले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने बताउनुभयो।

सभामुख घिमिरे दलको भूमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवर्धन हुने जिकिर गर्नुभयो। उहाँले राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका अभिमतलाई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताउनुभयो।

सभामुख घिमिरेले भन्नुभयो, ‘संसदीय परिपाटी त्यसमा पनि हाम्रो दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरुको भूमिका सर्वप्रथम माथि रहन पुग्छ। दल आफैँ यस्तो साधन हो जो, आमजनतालाई ठिक दिशामा लैजानसक्छ र जनताका अभिमतलाई ठिक ढंगबाट अभिव्यक्त गर्ने र त्यसलाई निर्णयमा पुर्‍याउने र परिणाम दिने कामको साधक बनेर जानसक्छ। तर ऊ आफैँ लोकतान्त्रिक विधिअन्तर्गत बनेको छैन, उसका प्रणालीहरू लोकतान्त्रिक छैनन्, उसले सूचना सम्बन्धी कामलाई व्यवस्थित गर्न आफूलाई व्यवस्थित गरेको छैन भने यसमाथि प्रश्न उठ्नु स्वभाविक छ।’

सभामुख घिमिरेले जनतामा सूचनाको हक अधिकार सुनिश्चित गर्न सबैले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनु भयो।