अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूचनाको हक लोकतन्त्रको आधार हो: प्रदीप ज्ञवाली

सूचनाको हक लोकतन्त्रको आधार हो: प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हक लोकतन्त्रको आधार भएको बताउनुभएको छ।
आइतबार राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको हक सम्बन्धी कानूनको अभ्यास विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सूचनाको हकले लोकतन्त्र र पारदर्शीतालाई बलियो बनाउन सहयोग गर्ने बताउनु भएको हो।

उपमहासचिव ज्ञवालीले एमाले लोकतन्त्र र सूचनाको हकका विषयमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। लोकतन्त्रलाई मर्यादित बनाउन मर्यादित र सही सूचना प्रवाह हुन आवश्यक रहेको उहाँले बताउनुभयो। मिस इन्फरमेसन, डिसइफरमेसन, डिक फेक र फेक न्युजहरूले दल र दलका नेतालाई प्रहार गरिनु दुखद भएको उहाँले स्पष्ट पार्नुभयो। ‘लोकतन्त्रलाई मर्यादित कसरी बनाउने, लोकतन्त्रले दिएको अधिकारलाई सही सदुपयोग हुने व्यवस्था कसरी बनाउने भन्ने कुरालाई हेर्नुपर्छ’, उपमहासचिव ज्ञवालीले भन्नुभयो।

राजनीतिक दलहरू पनि संविधान र कानुन मातहतमा रहेर नै काम गर्ने उहाँले बताउनुभयो। तर उनीहरूको बृहत् उत्तरदायित्व आम जनतासँग सम्बन्धित ज्ञवालीले स्पष्ट पार्नुभयो। ‘उनीहरूले गलत गरे भने जनताले आवधिक निर्वाचन मार्फत दण्डित गर्ने व्यवस्था पनि छ, यदि दलहरूले गल्ती गरे प्रचलित कानुनबाट पनि दण्डित हुन्छ’, उपमहासचिव ज्ञवालीले भन्नुभयो।

दलहरूको आम्दानीको आर्थिक जीवनलाई पारदर्शी गर्ने हो भने राज्यको लगानीलाई पनि जोड्नु पर्ने उहाँले बताउनुभयो। त्यसो गरियो भने तिमीहरूले कहाँ खर्च गर्‍यो भनि माग्ने हक हुने उपमहासचिव ज्ञवालीको धारणा छ। यसो गर्दा दलको जीवनलाई पारदर्शी बनाउन सहयोग गर्ने ज्ञवालीले स्पष्ट पार्नुभयो।

सरकारले अध्यादेश ल्याउन सक्ने बताउँदै ज्ञवालीले यो संसद् छल्नको लागि नल्याएको बताउनुभयो। संसद्को बैठक सुरु हुने बित्तिकै अध्यादेश अनुमोदनको लागि जाने भएकोले संसद्ले पास नगरे त्यो स्वतः खारेज हुने उहाँले स्पष्ट पार्नुभयो।