अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोर: सञ्चारमन्त्री गुरुङ

एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोर: सञ्चारमन्त्री गुरुङ


काठमाडौँ-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोर रहेको बताउनुभएको छ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सञ्चारमन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भुटानभन्दा पनि कमजोर रहेको बताउनु भएको हो।

सञ्चारमन्त्री गुरुङले एआईलाई कसरी प्रयोग गर्ने भन्नेबारे नीति नै नरहेको भन्दै अहिलेको सरकारले एआई सञ्चालनका लागि नीति बनाएको बताउनु भयो । उहाँले पोलिसी र स्टाटेजी पास भएपछि एआईको प्रयोग बढ्ने बताउनुभयो। सञ्चारमन्त्री गुरुङले सुशासन कायम गर्नका लागि नागरिक एपको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सञ्चार मन्त्रालयले नागरिक एप सञ्चालनको जिम्मेवारी लिएको बताउनु भयो। 

सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘नागरिक एप कार्यान्वयन गर्ने भनेर हामीलाई जिम्मा दिएको छ। नागरिक एप गाइड गर्ने कुनै ल नै भएन हामीसँग । सुशासनमा यत्ति महत्त्वपूर्ण भूमिका रहेछ त्यसको, त्यो चिज व्यवस्थापन गर्नुपर्नेछ। एआई र इ गभर्नेन्सको विषयसँग जोडिएको विषय छ । एआईलाई कसरी प्रयोग गर्ने भन्ने विषयको पनि पोलिसी केही छैन। पोलिसी बनाएका छौँ हामीले। पोलिसी र स्टाटेजी पास भएपछि त्यो पनि अघि बढाउने र आजको दिनमा हामी साउथ एसियामै सबैभन्दा पछाडि छौँ।’