अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ऋषिकेश जसले दजर्नौं घोटाला उजागर गरे,उनको चर्को विरोध किन ?

ऋषिकेश जसले दजर्नौं घोटाला उजागर गरे,उनको चर्को विरोध किन ?


संसदको सार्वजनिक लेखा समितीका सभापति ऋषिकेश पोखरेललाई यति बेला विभिन्न पक्षले अनवरत लखेटिरहेका छन् । सामाजिक सञ्जाल,माओवादी कार्यकर्ता त कहिले सहकारी पिडितका नाममा सभापति पोखरेललाई निरन्तर दबाब दिने,होच्याउने तथा खिसी गर्ने काम गरिरहेका छन् । पोखरेलकी श्रीमती अञ्जली उमागौरी सहकारी प्रकरणमा हाल तारेखमा हुनुहुन्छ । अवैद्य लेनदेनमा संलग्न देखिएपछि पोखरेलका स्वकीय सचिवलाई उहाँले निलम्बन गर्नुभयो । उनी अहिले प्रहरी हिरासतमा छन् । तथापी ऋषिकेषलाई निरन्तर लपेट्न् क्रम घटेको छैन । आखिर ऋषिकेशलाई लेखट्नु पर्ने कारण के पर्यो होला त ? केही तथ्यलाई हेरौं ।
प्रमुख प्रतिपक्षी दलमा रहेका बखत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई सार्वजनिक लेखा समितीको सभापतिमा चयन गर्नुभएको हो । सरकारले गरेका काम कारवाही,भ्रष्टाचार र अनियमितताका ठुला काण्ड तथा सुन तस्करीको जालो चुडाउनै पर्ने जिम्मेवारी दिएर अध्यक्ष ओलीले ऋषिकेशलाई शक्तिशाली समितीको सभापति चयन गनुभएको थियो । त्यसबेला एमालेका हाइ प्रोफाइल नेताहरु पनि यो पदमा जान इच्छुक थिए । तर मोरङ जिल्ला अध्यक्षको भूमिकामा मात्र रहनु भएका साँसद पोखरेलले यो पद पाएको नै केही जायज लागेको थिएन । किनकि ऋषिकेशलाई सेटिङ गराएर मुद्धाको किनारा लगाउन सकिदैन भन्ने कुरा धेरैले बुझेका थिए । तिनले सुरुवाती दिनबाटै ऋषिकेषको विरोध उत्रिए । मिडिया एजेण्डा सेट गरे र ऋषिकेश गलत छन् भन्ने भाष्य खडा गर्न तल्लिन रहे । संविधानसभाको सदस्य भइसकेका भए पनि काठमाडौंको राजनीतिमा खासै नभिजेका ऋषिको नाम कतिपयलाई नयाँ पनि लाग्यो । त्यसैले पनि ऋषिकेश काठमाडौं र ठूला घरानियाको प्रभाव र पहुँचभन्दा बाहिरै बस्न रुचाउनुभयो । उहाँको एटै उद्धेश्य पार्टीको संसदीय दलले दिएको जिम्मेवारी जसरी हुन्छ पुरा गर्ने । सुशासनका पक्षमा निर्णय गर्ने । आफ्नो होस वा पराइ तथ्यमा पुगेर गलत देखिए कारबाहीको सिफारिस गर्ने पोखरेलको चाहना थियो । त्यसैले कतिपय विगतमा संसदमा रहेका विचाराधिन विषय,कतिपय नयाँ उजुरी तथा जानकारीमा आएका विषयमा ऋषिकेषको ध्यान गयो । ऋषिकेषले हात हालेका विषयमा माओावदीका ठुला नेताको संलग्नता भेटियो । कतिपय काँग्रेस र कतिपय अवस्थामा आफ्नै पार्टीका नेता र समर्थक शुभेच्छुक पनि संलग्न देखिए । तर ऋषिकेशले जो दोषि देखिन्छन् उसैलाई कारवाहीको सिफारिस गरेर नयाँ भाष्य निर्माण गर्न थाले । त्यसपछि ऋषिकेशको विरोधको आयातन पनि बढ्दै गयो ।
ऋषिकेशको ठुलो विरोध हुनु पर्नाका केही कारणहरुलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
सुन तस्करीको छनबिन नगर भन्न सकेनन् । छानबिन गर्न हतार गरे । माओवादीका ठुला ठुला नेताको घरमा सुन भेटिन्छ र बदनाम भएर पक्राउ पर्छन भन्ने अलिकति हेक्का राखेनन् ।
– धितो पत्र बोर्ड र आइपीओ निस्काशनको खेलामा नागरिकको सुरक्षाका खातिर किन लागेको ? आफ्नो इमानलाई परै छाडेर सेटिङमा सामेल भएनन् ।
– विमा क्षेत्रको अरबौं रकमको विकृति रोक्न र कुईट विमा नागरिकलाई फिर्ता देउ भन्न र निर्णय गराउन किन लागेको ?सभापति भएर विमा विचौलिया दलाल संग मिलेनन् ।
– सांकृतिक संपदाहरुको लिज दिने कार्यमा प्रचण्डका बदनाम घरबेटी शारदाप्रसाद अधिकारीलाइ साथ दिनु पर्दैन थियो ? किन जान्ने भएर त्यत्रो ९९ बर्षको लागि लुम्बिनी सर्किटको रामग्राम लिजमा दिंदा भागी बन्दा पाप लाग्छ भनेर प्रचण्ड जोडिएको उक्त सम्झौता नै खारेज गरेकोले ।
– सार्वजनिक, सरकारी र कम्पनीको नाममा रहेको जमीनको अपचलन, रामदेवको ट्रष्टको दुरुपयोग सहितको काममा भागीदार बनेर आय आर्जनमा जोडिएको भए के बिग्रिन्थ्यो ? किन त्यतिपनि देखि नसहेको र उल्टै सरकारलाई सम्पुर्ण सम्पतिको रेकर्ड मागेको ?
– टेरामक्स घोटला र बाध्यतमक निर्णय ठुला भ्रष्ट्रचार छानविन गरौं भनेर चुपचाप बसेको भए हुने, किन छानबिन गर भनेर अख्तियारलाई निर्देशन दिएको ? त्यति ठुला नेताहरुलाई बयानमा पठाउनु हुन्छ ?
– पोखरा र भैरहवा एयरपोर्ट छानविन गर्नुपर्छ । घोटला छ भनेर अनावश्यक उपसमिति बनाई छानविन गरेर दुख दिनुहुन्छ ?
– हुलाकी सडक ढिलासुस्ती गरौ, बर्षौ हिलाम्मे र धुलाम्मे बनाई राजनीति गरिरहने थलो अब सदाका लागि बन्द गरेर परिबन्धात्मक निर्णय भन्दै ठेकेदारलाई कायल काबु गर्दै द्रुत गतिले काम अगाडी बढाएर राजनीतिको पसल किन बन्द गराउनु परेको ?
– ग्यास उधोग हरुले गरेको गैरकानुनी काम ४०० – ५०० लि. सिलिन्डर वनाई उद्योगलाई बेच भनेको भए तिम्रो के घरबाट भर्नु पथ्र्यो ? किन आतिएर हुदैन सर्वसाधारणमाथि खेल्बाड नगर भनेर किन आदेश गरेको ?
– समाज कल्याण परिषद र अन्य एनजिओ, आइएनजिओका गतिविधि हरुलाई नियन्त्रण र पारदर्शी बनाउ, तत्काल कानुन लेउ किन भनेको ? र राज्यको संवेदनशील अंगहरुमा गैरसरकारी लगानीका विषयमा आँखा चिम्लिएको भए के बिग्रिन्थ्यो ? किन रोक भन्ने निर्देशन दिनु पर्यो ?
– एनसेलको १६ अर्व राजश्व बक्यौता अनिवार्य उठाउ भन्नु किन पर्यो र बहुराष्ट्रिय कम्पनीहरुले कानुनी कमजोरीमा समाई राज्यलाई स्वामित्व हस्तान्तरण गर्नै नपर्ने तयारीमा किन हस्तक्षेप गर्न पपर्यो ?भाग्न लागेका कम्पनिलाइ रोकेर बक्यौता उठाएर किन त्यत्रा ठुला कम्पनीलाइ चिढेयाएको ? सरक्क मिलेको भए ?
– ईन्टरनेट प्रदायक संस्थाहरुको ८ अर्ब किन उठाएको ? र बक्यौता रकम छुटदिएर सम्झौता किन नगरेको ?
– नेपाल टेलिकम र स्वास्थ्य मन्त्रालय जस्ता ठुला टेण्डर हरुमाथी किन प्रश्न गरेको ?
– विद्युत प्रधिकरणमाथि उठेको प्रश्न तपाईंले न उठाएको भए पाटन अदालतले निर्णय गरेर कुलमान दोषि हुने थिएनन । अदालतभन्दा वाठो किन हुन पर्यो ? बिचरा त्यत्रो ‘जनताको समर्थन पाएका नायक’लाई बदनामी गरेर किन तपाईं ठूलो हुनुपरेको ? आखिर, ६ खर्बको ट्रान्फरमर कुहिएर के हुन्थो ? विद्युतका सबै सामग्री हाईटेन्सनको जमीन, कुलमानका दाजुभाईलाई टेण्डरमा एकाधिकार बनाएर चुप लाग्नु पर्दैन ?
– स्वाभिमान र इमान बिक्रिमा राखेर चुपलागेर नुनको सोझो गर्न छोडेर किन यत्रो भ्रस्टाचारको जालो उधिनेर विपक्षीको आँखाको कसिङर बनेको ?
शायद ऋषिकेशलाई यिनै कारणहरु जनाएर तिव्र विरोध भएको हो कि ?