कपिलवस्तु-कपिलवस्तुमा नेपाली र भारतीय दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ।
बुधबार साँझ वाणगंगा नगरपालिका- ११ देउपारस्थित भित्री सडकखण्डमा नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालक दुवै युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
मृत्यु हुनेमा यूपी-५५ ए एच ७०९० भारतीय नम्बरको मोटरसाइकलका चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका-१ का ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक कपिलवस्तुकै सैनामैना–४ घर भएका २७ वर्षीय रोमन थारु रहेका जिप्रका कपिलवस्तुले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अजय थारुको बुटवलमा रहेको साँझा अस्पतालमा उपचार भइरहेको छ। उनी लु १० प ४४९६ नम्बरको मोटरसाइकलको पछाडि सवार थिए।
सो मोटरसाइकल चालक थारुको पनि उपचारको क्रममा साझा अस्पतालमै मृत्यु भएको हो।
प्रतिक्रिया