अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक


काठमाडौँ-गृहमन्त्री रमेश लेखकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको घटना दुःखद भएको भन्दै घटनामा संलग्न जोसुकैलाई कारबाही गर्ने बताउनु भएको छ।

बिहीबार सभापति देउवा निवासमा भएको बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री लेखक सो कुरा बताउनु भएको हो।

‘यो देशमा लोकतन्त्र छ। मानिसले आफ्नो व्यवसाय गर्न पाउँछ। त्यसमा बाधा व्यवधान गर्ने र कानुन विपरीत काम गर्ने जो सुकैलाई कारबाही हुन्छ‚’ गृहमन्त्री लेखक भन्नुभयो‚ ‘यो गलत काम भएको छ । यस्तो अराजकता गर्ने जुनसुकै पार्टीका मानिस भए पनि कारबाही हुन्छ।’