अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कहाँ-कहाँ छ आज वर्षा र हिमपातको सम्भावना ?

कहाँ-कहाँ छ आज वर्षा र हिमपातको सम्भावना ?


काठमाडौं-हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ।

आज (आइतबार) दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी, राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै, बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु÷कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।