जनकपुरधाम-जनकपुरधाममा दुई सरकारी गाडी आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते हुनुभएको छ।
सोमबार राति करिब साढे ९ बजे रामानन्द चोकमा मन्त्री सिंह चढेको मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडीमा प्र ०३–००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको हो । दुर्घटनामा घाइते मन्त्री सिंहको उपचार प्रादेशिक अस्पतालमा भइरहेको छ।
मन्त्री सिंह सवार गाडीलाई खानेपानी डिभिजन पर्साको मधेश प्र ०३–००१ झ ००९६ गाडीले गाडीले ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिनुभयो।
मन्त्रीको गाडी पिडारी चोकबाट रामानन्द चोकमा रहेको निवासतर्फ जाँदै गरेकको अवस्थामा सोही दिशामा आउँदै गरेको अर्काे गाडीले ठक्कर दिएको डिएसपी सिंहले जानकारी दिनुभयो।
दुर्घटनामा मन्त्रीसँगै दुवै गाडीका चालकसमेत घाइते भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ। गाडी कसरी ठोक्कियो त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया