काठमाडौं-नेकपा एकता राष्ट्रिय अभियान संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले आफू नेकपा एमालेमा फर्किने पक्कापक्की भइसकेकाे बताउनु भएको छ।
आज नेकपा एमालेले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा अपराह्न ४ बजे सचिवालय बैठक राखेको छ। उक्त सचिवालय बैठकको एजेन्डामा नेता गौतम र उहाँ नेतृत्वको घटकका नेताहरू व्यवस्थापनसम्बन्धी विषय समावेश हुने पनि जनाएको छ।
बैठकमा गौतमको विषयमा पनि छलफल हुने एमालेका नेताहरूले जानकारी दिनुभयो।
हाम्रो व्यवस्थापनबारे एमालेले आज केही निर्णय लियो भने हामी भोलि नै प्रवेश गर्ने नेता गौतम बताउनु भयो। एमाले सचिवालय बैठकमा आफूहरुको व्यवस्थापनलाई अलग्गै एजेन्डा बनाएकोमा खुशी लागेको नेता गौतमले बताउनुभयो।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेता गौतमबीच शुक्रबार बालुवाटारमा भेटवार्ता भएको थियो। गत आइतबार पनि उहाँहरूबीच टेलिफोनमा कुराकानी भएको थियो।
प्रतिक्रिया