अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआरएनका माग हिउँदे अधिवेशनबाट सम्बोधन हुन्छ: प्रधानमन्त्री ओली

एनआरएनका माग हिउँदे अधिवेशनबाट सम्बोधन हुन्छ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपालीहरूको मागहरू आगामी हिउँदे अधिवेशनबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीसँग भएको भेटमा प्रधानमन्त्री आलीले सो कुरा बताउनु भएको हो।

भेटमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघले आगामी हिउँदे अधिवेशनबाट विदेशमा रहेका नेपालीहरूलाई संविधानले सुनिश्चित गरेका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गर्नुभएको थियो।

डा. केसीले प्रधानमन्त्री ओलीलाई भेटेर संविधानले नै स्पष्ट रूपमा दिएको अधिकार कार्यान्वयनमा सहजीकरण गरिदिन अनुरोध गरेको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘संविधानले नै दिएको अधिकार पनि सङ्कुचित पार्दा विदेशमा बस्ने ८० लाख नेपाली हतोत्साहित भएका छन् ।ʼ जवाफमा प्रधानमन्त्री ओलीले संविधानमै भएका कतिपय व्यवस्थाका लागि कानुन निर्माणको चरणमा रहेकोले पनि कार्यान्वयनमा ढिलाइ भएपनि अब छिट्टै यो समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गरेको केसीको भनाइ थियो।