काठमाडौं नेकपा एमालेको विधान महाधिवेशन २०८२ भदौ हुने भएको छ ।
पार्टी केन्द्रीय सचिवालयको बालुवाटारमा बसेको बैठकले भदौ २०,२१ र २२ गते ललितपुरको गोदावरी स्थित सनराइज हलमा विधान महाधिवेशन गर्ने निर्णय गरेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार बैठकले वामदेव गौतमलाई एमालेमा भित्र्याउने निर्णय गरेको छ । तर गौतमलाई पार्टी भित्र कुन पोजिसन दिने भन्ने तय भइनसकेको जनाइएको छ ।
प्रतिक्रिया